नियम ६
१ परिषदको कर्मचारीको पद, दरबन्दी, श्रेणी, न्यूनतम योग्यता
ः (१) परिषदमा रहने
कर्मचारीको पद, दरबन्दी, श्रेणी र सो पदको लागि आवश्यक पर्ने न्यूनतम योग्यता
अनुसूची– ८ मा तोकिए बमोजिम हुनेछ ।
(२) उपनियम (१) मा लेखिएदेखि बाहेक परिषदको लागि नयाँ पद सिर्जना गर्न
आवश्यक देखिएमा रजिष्ट्रारले कार्यबोझ, त्यसबाट पर्न आउने आर्थिक दायित्व र त्यसको
स्रोत समेत खुलाई परिषदमा पेश गर्नुपर्नेछ ।
(३) उपनियम (२) बमोजिम नयाँ पद सिर्जनाको लागि पेश हुन आएमा परिषदले
कार्यबोझ र पर्न आउने आर्थिक दायित्व समेतलाई विचार गरी प्द सिर्जना गर्नुपर्ने
लागेमा दरबन्दी स्वीकृतिको लागि स्वास्थ्य मन्त्रालय समक्ष अनुरोध गर्नुपर्नेछ ।
(४) उपनियम (३) बमोजिम परिषदले गरेको अनुरोध मुताविक स्वास्थ्य
मन्त्रालयबाट दरबन्दी स्वीकृत भै आएमा स्वीकृत भै आए बमोजिमको दरबन्दी परिषदले
सिर्जना गर्नेछ ।
(५) पदपूर्ति समितिले सेवामा रहने प्रत्येक पदको कार्य विवरण बनाउनेछ र
त्यस्तो कार्य विवरणमा सम्बन्धित पदको काम, कर्तव्य, अधिकार र उत्तरदायित्व समेत
उल्लेख गरिनेछ ।